काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२०आई सिरिजमा नेपालविरुद्ध घरेलु टोली ९७ रनमा अलआउट भएको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्ड १९ ओभर ४ बलमा ९७ रनमा रोकिएको हो । नेपाली बलरसामु चलेन स्कटल्याण्डका माइकल लिस्कबाहेक अन्य ब्याटर खुलेर खेल्न सकेनन् ।
माइकल लिस्कले सर्वाधिक ४७ रन बनाए । बलिङमा नेपालका स्पीनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । ४ ओभर बलिङ गरेका सन्दीपले ११ रन खर्चेर ४ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले २-२ र ललित राजवंशीले एक विकेट लिए l
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ असार २०८२, २१ : २७
लेखकबाट थप