काठमाडौँ । अमेरिका र इजरायलबिचको रणनीतिक सम्वादका क्रममा इजरायली पक्षले इरानका सर्वोच्च नेता आयातोल्लाह अल खामेनीको हत्या गर्ने योजना बनाएको भए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त योजना रोकेको रोएटर्सले दुई अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै समाचार छापेको छ ।
रोएटर्ससँग नाम नखुलाउने शर्तमा कुरा गर्ने एक वरिष्ठ अमेरिकी प्रशासन अधिकारीले भने, 'के इरानीहरूले अहिलेसम्म कुनै अमेरिकीलाई मारेका छन्? छैनन्। जबसम्म उनीहरूले त्यो गर्दैनन्, हामी राजनीतिक नेतृत्वमाथि आक्रमणको कुरा समेत गर्दैनौं।'
अधिकारीहरूले बताए अनुसार इजरायली अधिकारीहरूले इरानको परमाणु कार्यक्रम रोक्न व्यापक आक्रमणको तयारीका क्रममा अमेरिकी नेतृत्वसँग निरन्तर सम्वाद गरिरहेका छन्। त्यही क्रममा इजरायली पक्षले सर्वोच्च नेता आयातोल्लाह अल खामेनीलाई मार्न उपयुक्त अवसर भएको बताएको थियो । तर राष्ट्रपति ट्रम्पले त्यस योजना अघि बढ्न नदिएको उल्लेख गरिएको छ।
यद्यपि, ट्रम्पले स्वयम् योजना रोकेको सन्देश इजरायलीहरूलाई दिएका थिए कि थिएनन् भन्ने पुष्टि रिपोर्टमा गरिएको छैन। तर ट्रम्प र इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहूबीच निरन्तर सम्वाद भइरहेको उल्लेख गरिएको छ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा नेतन्याहूले रोएटर्सको रिपोर्टबारे सोधिएको प्रश्नमा 'धेरै जसो झूटा रिपोर्टहरू आइरहन्छन्, म त्यस्तो कुरामा जाँदिन' भन्दै टारेका थिए। उनले भने, 'हामीले जे गर्नुपर्छ, त्यही गर्छौं। मलाई लाग्छ अमेरिका पनि जान्दछ कि उसले के गर्नुपर्छ।'
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ असार २०८२, २१ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिका र इरानबीच युद्ध अन्त्य भएको ट्रम्पको दाबी
अमेरिका-इरान वार्तामा थप प्रगति, अन्तिम निर्णय हुन बाँकी
इरानलाई ट्रम्पको कडा चेतावनी: 'समय घर्किँदैछ, छिटो सम्झौता नगरे केही बाँकी रहने छैन'
ट्रम्प र सीबीच बेइजिङमा वार्ता
ईरानसँगको युद्ध अन्त्य गर्न चीनको सहायता चाहिँदैन : ट्रम्प
ट्रम्पको घोषणासँगै तेलको मूल्यमा गिरावट