काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काज बिदालाई कडाइ गरेको छ । त्रिविको कार्यकारी परिषद्ले मन्त्रिपरिषद् र राष्ट्रपतिबाट बाहेक अरू नियुक्तिको लागि काज बिदा नदिने निर्णय गरेको छ ।
प्राध्यापकहरू प्रदेश, गाउँपालिका, नगरपालिका र विभिन्न संघ संस्थामा नियुक्ति खान जाँदा त्रिविको पठनपाठन प्रभावित भएकाले कडाइ गरेको हो ।
त्रिविको शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम २०५० मा काजमा पठाउन सकिने भन्ने व्यवस्था छ । त्रिविको नियममा कुनै शिक्षक वा कर्मचारीलाई विश्वविद्यालयको एक संगठन वा निकायबाट अर्को संगठन वा निकायमा र विश्वविद्यालयबाहिरको कुनै सरकारी वा गैरसरकारी कार्यालयमा काजमा पठाउन सकिने व्यवस्था थियो । यो नियमलाई त्रिविले कडाइ गर्न लागेको हो ।
प्राध्यापकहरू नियुक्ति खान जाँदा आंशिक र करार प्राध्यापक राख्नु पर्ने बाध्यता त्रिविलाई छ । जसका कारण त्रिविलाई आर्थिक भार परेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ असार २०८२, २० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ स्ववियु निर्वाचन कार्यतालिका
त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै
त्रिविको २४ क्याम्पसमा प्रमुख नियुक्त (सूचीसहित)