संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध

सफल खबर संवाददाता

सोमबार, ०२ असार २०८२, १२ : ४७
संसद बैठक सुरु, रास्वपा र राप्रपाको अवरोध

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन् ।

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका छन् । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न दिएका छन् ।

लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरे । यदि बैठक सन्चालन गर्ने बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए ।

लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियालाई बोल्न समय दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस