काठमाडौं । अमेरिकाले नेपाललाई व्यापक मानव तस्करी हुने देशमा सूचीकृत गर्दै निगरानी समूहमा राखेको छ । अमेरिकी विदेश मन्त्रालयले हालै प्रकाशन गरेको ट्राफिकिङ इन पर्सन्स (TIP ), २०२४ को प्रतिवेदनमा नेपाललाई मानव बेचबिखनको जोखिम अघिल्लो वर्षभन्दा बढेको भन्दै ‘टायर २ वाच लिस्ट’मा राखेको हो ।
सन् २०२३ मा नेपाल ‘टायर २’ मा मात्र थियो । अझ भन्ने हो भने पछिल्लो २४ वर्षमा नेपालको स्थान सबैभन्दा खराब अवस्थामा पुगेको हो ।
नेपालमा भुटानी शरणार्थी प्रकरण देखि भिजिट भिसा प्रकरणसम्म सतहमा आईरहेका बेला अमेरिकाको विदेश मन्त्रालयको यो पछिल्लो ट्राफिकिङ इन पर्सन्स (TIP ), रिपोर्ट सार्वजनिक भएको हो ।
किन यसो भयो ?
अमेरिकी विदेश मन्त्रालयले नेपाललाई मानव तस्करी ब्यापक हुने देशमा सूचीकृत गदै निगारानी समुहमा राख्नुभित्र केही कारणहरु दिएको छ । खासगरी उसले नेपालको अधुरो कानुन, कमजोर कानुनी कार्यान्वयनय, पीडित पहिचान र सेवामा कमजोरी, न्याय तथा राहातको अभाव जस्ता कारण देखाउादै नेपाल निगारानी समुहमा रहेको जनाएको छ ।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन (HTTCA) अझै पनि सबै किसिमको जबरजस्ती श्रम र यौनजन्य बेचबिखनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार पूर्ण रूपमा अपराधको रूपमा परिभाषित गर्न नेपालले नसकेको उसले जनाएको छ । कानुनी कार्यान्वयनमा अभियोजनमा कमी आएको र राज्यकै केही अधिकारीहरू बेचबिखनमा संलग्न भएको विश्वसनीय आरोप भए पनि कारबाही नभएको विषयलाई उसले जोड दिएर उठाएको छ ।
पीडित पहिचान गर्ने ‘मानक कार्यविधि’ (SOP) अन्तिम रूप दिन नसकेको र विशेष गरी पुरुष तथा विदेशी भूमिमा श्रम शोषणमा परेकाहरूको पहिचान प्रक्रिया अधुरो रहेको र पीडितहरूलाई क्षतिपूर्ति दिने प्रक्रिया नचलाइएको, वैदेशिक रोजगार प्रणालीको नियमन कमजोर रहेको तथा श्रमिकहरूबाट शुल्क असुल्ने दलाल प्रणालीमाथि निगरानीको अभाव रहेकोले नेपाल उच्च निगारानी समुहमा राखिएको अमेरिकी विदेश मन्त्रालयको रिपोटमा उल्लेख छ ।
टियर २ वाचलिस्टको अर्थ
यो सूचीमा परेपछि नेपालले अझ कडाइका साथ मानव बेचबिखनविरुद्ध कारबाही गर्नुपर्ने दायित्व बढेको छ । यदि यथास्थिति सुधार नगरेमा, नेपाल २०२५ मा टियर ३ मा झर्न सक्ने खतरा हुन्छ, जसले अमेरिकाबाट प्राप्त गैर–आपतकालीन सहायता कटौती गराउने सम्भावना हुन्छ ।
जसकाकारण मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन (HTTCA) मा संशोधन गरी सबै प्रकारका बेचबिखनलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अपराध मान्ने व्यवस्था मिलाउनुपर्ने, पीडित पहिचान, उद्धार र सेवा प्रवाहका लागि मानक कार्यविधि (SOP) छिट्टै लागू गर्नुपर्ने, बेचबिखनमा संलग्न सरकारी अधिकारीहरूसमेतलाई कारबाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति, कानुनी सहायता र मनोसामाजिक सेवा प्रदान गर्नुपर्ने तथा श्रमिकलाई दलालबाट जोगाउने, श्रम सम्झौता शुल्क हटाउने र वैदेशिक रोजगार प्रणाली सुधार गर्ने काम गर्नुपर्ने हुन्छ ।
कुन कुन देश परे सूचीमा ?
नेपालसहित ३५ देशलाई अमेरिकाको विदेश मन्त्रालयले निगारानी समुहमा राखेको छ । जसमा अल्जेरिया, बेनिनm फिजि, कंगो, माल्दिभ्स, माली, नाइजेरिया, माल्टा रुवान्डाताजस्कितान, जिम्वाम्बे,उरुग्वे लगायतका देशलाई उसले निगारानी समुहमा राखेको छ ।
नेपालको टियर स्तर घट्नुले स्पष्ट संकेत गर्छ-अझ गम्भीर, संरचनात्मक र संस्थागत सुधार आवश्यक छ । पीडितमाथि केन्द्रित दृष्टिकोण, सरकारी उत्तरदायित्व, कानुनी सुधार र समन्वित सेवा प्रणालीबिना समस्या अझै जटिल बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ असार २०८२, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेट विश्वकप लिग–२ : नेदरल्याण्ड्सविरुद्ध नेपालको जीत
नेदरल्याण्डसविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेट
लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी
भारतीय विद्युत् मन्त्री आइपुगे नेपाल
यी हुन् वर्ष २०८१ का नेपालका प्रमुख घटना