काठमाडौ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले दुईवटा निर्माण कम्पनीलाई कालो सूचीमा रखेको छ।
कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको जनाएको हो।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।
ती निर्माण कम्पनीलाई एकदेखि तीन वर्षसम्म कालो सूचीमा राखिएको हो।
कालो सूचीमा राखिएका निर्माण कम्पनीमा मुख्य व्यक्ति दिग्वीजय जंग राणा रहेको श्री माँ त्रिपुरा सुन्दरी निर्माण सेवा, बाँके र मुख्य व्यक्ति गोपाल प्रसाद घिमिरे रहेको सूर्यविनायक कन्ट्रक्सन दाङ छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० जेठ २०८२, ०९ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी २० निर्माण कम्पनी परे प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ११ निर्माण कम्पनी प्रधानमन्त्री कार्यालयको कालो सूचीमा
यी ६ निर्माण कम्पनी परे कालो सूचीमा