इमेज सहकारीका अध्यक्षको घरजग्गा लिलाम नगर्न आदेश

सफल खबर संवाददाता

विहीबार, २९ जेठ २०८२, १३ : १७
इमेज सहकारीका अध्यक्षको घरजग्गा लिलाम नगर्न आदेश

काठमाडौँ। उच्च अदालत पोखराको बागलुङ इजलासले देवकुमार नेपालीको नाममा रहेको घरजग्गा लिलामी नगर्न राष्ट्रिय सहकारी बैंक लिमिटेड ललितपुरको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

निषेधाज्ञा र उत्प्रेषणयुक्त परमादेशको मागसहित देवकुमार नेपालीले अदालतमा दिएको निवेदन उपरको सुनुवाइपछि बुधबार न्यायाधीश नातिबाबु लामिछानेको एकल इजलासले सो आदेश जारी गरेको हो ।

‘निजको नामको घरजग्गाहरू लिलाम गर्ने कार्य नगर्नु नगराउनु भनी विपक्षीहरूका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिइएको छ । आदेशको जानकारी विपक्षीहरूलाई दिई नियमानुसार गर्नुहोला ।’ आदेशमा भनिएको छ ।

अदालतले देवकुमारको माग अनुसार अन्तरिम आदेश दिन चाहिँ अस्वीकार गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस