काठमाडौँ । सरकारले दुई वटा स्थानीय तहको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ललितपुरको महालक्ष्मी नगरपालिका र दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् निर्णय अनुसार महालक्ष्मी नगरपालिकाको केन्द्र वडा नम्बर ४ को कमलपोखरीबाट परिवर्तन गरी ८ नम्बर वडाको लुभु देवीस्थान कायम हुनेछ । यस्तै दाङको शान्तिनगर गाउँपालिकाको केन्द्र वडा नम्बर ४ को चिराघाटबाट ४ नम्बरकै जुम्लेकुला कायम हुनेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ जेठ २०८२, १४ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक बस्दै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १८ निर्णय (सूचीसहित)
मन्त्रिपरिषद् बैठक जारी
सरकारले जेन जेड आन्दोलनका घाइतेलाई थप १५ हजार दिने
नेपाल विशेष सेवा ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू