मुस्लिम देशले प्यालेष्टाइनलाई आफ्नो जमिन दिनुपर्छ : अमेरिकी राजदूत

सफल खबर संवाददाता

बुधबार, २८ जेठ २०८२, १३ : ५३
मुस्लिम देशले प्यालेष्टाइनलाई आफ्नो जमिन दिनुपर्छ : अमेरिकी राजदूत

वासिङ्टन डीसी । मुस्लिम देशहरूले प्यालेस्टिनी राष्ट्र निर्माण गर्न आफ्नो केही जमिन दिनुपर्ने सुझाव दिइएकाे छ । ‘मुस्लिम देशहरूसँग इजरायलले नियन्त्रित भूमिभन्दा ६४४ गुणा बढी जमिन छ’ बीबीसीसँगको एक अन्तर्वार्तामा इजरायलका लागि अमेरिकी राजदूत माइक हुकाबीले भनेका छन् ।

उनले भने– ‘त्यहाँ कोही त होलान् जसले भन्ने छ कि हामी प्यालेस्टाइनको लागि यो गर्न चाहन्छौँ ।’ अमेरिकी राजदूतले बेलायत, अस्ट्रेलिया लगायत अमेरिकी सहयोगीहरूको पनि कडा आलोचना गरेका छन् । किनभने उनीहरूले इजरायलले कब्जा गरेको पश्चिमी किनारमा प्यालेस्टिनी समुदायहरू विरुद्ध हिंसा भड्काएको आरोपमा दुई इजरायली मन्त्रीहरूमाथि प्रतिबन्ध लगाएका थिए ।

आफ्नो अन्तर्वार्तामा उनले दुई–राज्य समाधानमा जोड दिए र भने कि यो इजरायल र प्यालेस्टाइन बिचको शान्तिको लागि राम्रो योजना हो । यसलाई अमेरिकी प्रशासन लगायत अन्तर्राष्ट्रिय रूपमा पनि समर्थन गरिन्छ । 

प्रतिक्रिया दिनुहोस