तनहुँ । जिल्लाको घिरिङ गाउँपालिका–४ गड्यौलीटारमा करेन्ट लागेर एक छात्राको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमाल रहेकी छन् । कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन् ।
सोमबार रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा कुमाल सख्त घाइते भएकी थिइन् । कुमालको बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ जेठ २०८२, १५ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु