विश्वकप लिग २: सोमपाल र गुल्शन चोटका कारण नखेल्ने

सफल खबर संवाददाता

मंगलबार, २७ जेठ २०८२, १५ : १६
विश्वकप लिग २: सोमपाल र गुल्शन चोटका कारण नखेल्ने

काठमाडौं  । विश्वकप लिग २ अन्तरगत स्कटल्यान्डमा जारी श्रृंखलाको अन्तिम म्याचअघि नेपाललाई झट्का लागेको छ । टीमका दुई भरपर्दा अलराउन्डर सोमपाल कामी र गुल्शना झा आजको म्याचमा खेल्न नसक्ने भएका छन् ।

क्यान स्रोतले उनीहरु आज प्लेइङ ११ मा नरहने पुष्टि गर्यो । अघिल्लो म्याचमा क्रममा उनीहरुलाई चोट लागेको थियो । सोमपालले स्टटल्यान्ड विरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए । आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।

गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए । सोमपालको ठाउँमा नन्दन यादवले स्थान बनाउन सक्ने देखिन्छ । उनी सोमपालजस्तै फास्ट बलिङ अलराउन्डर हुन् ।

सोमपालले स्कटल्यान्डविरुद्धको म्याचमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गरेका थिए । स्कटल्यान्डले दिएको ३२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा डग्मगाएको नेपालको ब्याटिङलाई सम्हाल्दै उनले जित नजिक पुर्याएका थिए । आठौं नम्बरमा आएर ४४ बलमा ६७ रन हाने पनि सोमपालले खेल जिताउन भने सकेनन् ।

गुल्शनले पनि पहिलो म्याचमा स्कटल्यान्डविरुद्ध रोमाञ्चक जित दिलाउन ब्याटबाट महत्वपूर्ण योगदान दिएका थिए । सोमपालको ठाउँमा नन्दन यादवले स्थान बनाउन सक्ने देखिन्छ । उनी सोमपालजस्तै फास्ट बलिङ अलराउन्डर हुन् ।

प्रतिक्रिया दिनुहोस