नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै

सफल खबर संवाददाता

सोमबार, २६ जेठ २०८२, ११ : १३
नेसपा नयाँ शक्तिको १०औँ स्थापना दिवस मनाउँदै

काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले अगामी जेठ ३० गते आफ्नो १०औँ स्थापना दिवस मनाउने भएको छ। राष्ट्रिय सभा गृहमा विशेष समारोह गरी दिवस मनाउन लागेका हुन् ।

स्थापना दिवस समारोहलाई भव्य बनाउन विशेष अतिथिहरूलाई आमन्त्रण गर्ने तयारी भइरहेको छ। कार्यक्रममा वैकल्पिक राजनीतिक धारको प्रतिनिधित्व गर्ने दलहरू विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने जनाइएको छ।

त्यस्तै, नागरिक समाजका अगुवा, बौद्धिक वर्ग र समाजमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरू पनि कार्यक्रममा सहभागी हुनेछन्। नेसपा नयाँ शक्तिले वैकल्पिक र अग्रगामी राजनीतिको वकालत गर्दै आएको छ।

समारोहमा पार्टी नेताहरूका अनुसार स्थापना दिवसको अवसरमा विगत १० वर्षको राजनीतिक यात्रा, आगामी दिशा र वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरू विषयमा छलफल हुनेछन्।

 

प्रतिक्रिया दिनुहोस