जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

एजेन्सी

शनिबार, २४ जेठ २०८२, ०८ : ०३
जलिरहेको प्यारासुटबाट जम्प गरेर टम क्रुजले राखे विश्व कीर्तिमान

एजेन्सी । हलिउड नायक टम क्रुजले जलिरहेको प्यारासुटबाट जम्प गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।

उनले प्लेनबाट जलिरहेको प्यारासुटसहित १६ पटक जम्प गरेर कीर्तिमान राखेका हुन् । गिनिज वल्र्ड रेकडमा ‘जलिरहेको प्यारासुटबाट धेरै जम्प गर्ने व्यक्ति’ टमको नाम दर्ता भएको हो ।

सात हजार पाँच सय फिटको उचाइबाट उनको यो सहासिक कार्य गरेको बताइएको छ । एक प्यारासुट जलेपछि उनी अर्कोको सहयोगमा जमिनमा सकुसल उत्रिएको बताइएको छ ।

उनले यो कार्य आगामी फिल्म ‘मिसन : इम्पोसिबल – द फाइनल रेकनिङ’ छायाङ्कनका क्रममा गरेका हुन् ।

गिनिज वल्र्ड रेकर्डको वेभसाइटले बिहीबार टमले विश्व कीर्तिमान राखेको एक सामाग्री पनि प्रकाशन गरेको छ ।

हलिउड नायक टम यस्तै साहासिक स्टन्टका लागि परिचित छन् । ‘मिसन इम्पोसिबल’ सिक्वेलका उनी शीर्ष नायक हुन् । उनी दर्जनौं हिट फिल्हरु छन् ।

प्रतिक्रिया दिनुहोस