काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । डुनेडीमा केहीबेरमा सुरु हुने खेलमा नेपालले टस हारेर पहिले बलिङ गर्दै छ । नेदरल्याण्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका हुन् ।
नेपालले अघिल्लो खेलबाट एक परिवर्तन गरेको छ । बाँयाहाते पेसर रिजन ढकालको स्थानमा स्पिनर ललित राजवंशी टोलीमा आएका छन् । नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ५ खेलमध्ये २ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ । पछिल्लोपटक कीर्तिपुरमा भएको २ खेलमा १-१ को नतिजा हुनुअघि जिम्बावेको हरारेमा सन् २०२३ मा भएको विश्वकप छनोटको खेलमा नेदरल्याण्ड्स विजयी भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १६ : १३
लेखकबाट थप