यस्तो रह्यो १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी

बुधबार, १९ पुस २०७४, १९ : २२
यस्तो रह्यो १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी

काठमाडौं । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएशनको आयोजनामा भएको १४ औँ राष्ट्रिय औद्योगीक प्रदर्शनी सम्पन्न भएको छ । भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ७५ हजार दर्शकले अवलोकन गरेको तथा करिब साढे दुई करोड बराबरको कारोबार भएको मेला संयोजक नानीराज घिमिरेले जानकारी दिए ।

समापन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले प्रदर्शनीको समापन गर्दै सरकारले मुलुकमा ससाना घरेलु उद्योगलाई संरक्षण गर्नुपर्ने नीतिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिए । सोही महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले स्वदेशी उत्पादनलाई वृद्धि गरी आयात प्रतिस्थापन गर्नसकेमा मात्र देशमा आर्थिक विकास हुने बताए ।

 

 कार्यक्रममा संघका अध्यक्ष रविन कुमार श्रेष्ठले प्रदर्शनीका प्रायोजक तथा सहभागीहरु कम्पनीहरुलाई धन्यवाद दिदै आगामी दिनमा पनि सहयोगको लागि आव्हान गरे । सो अवसरमा अध्यक्ष श्रेष्ठले जुत्ता उद्योगमा भित्रिएको विकृति र वर्षै भरी जुत्ता मेला लगाउने प्रवृतिले जुत्ता उद्योग नै धरासयी हुने भन्दै यसतर्फ वेलैमा सचेत हुन सबैलाई आग्रह समेत गरे ।

त्यसका विरुद्ध उचित कदम चाल्नुपर्ने समेत उनले बताए ।  मेलाको प्रर्वद्धनमा उत्कृष्ट सहभागीता ब्राण्ड प्रति ग्राहकको अभिरुचि, स्टलको सजावटलगायत सम्पूर्ण विद्यालाई ध्यान दिई गोल्ड स्टार र हात्ति छाप चप्पललाई बेस्ट इभेन्ट पर्फमेन्स अवार्डको रुपमा सम्मानित गरिएको थियो । त्यसैगरी बाँकी प्रायोजकहरु मध्येबाट बेस्ट स्टल अवार्ड म्याजिक फुटवेयर, अन्य सहभागी स्टलहरुबाट स्काई सुज र ल्याण्ड वाक सुजलाई वेस्ट स्टल अवार्ड प्रदान गरिएको थीयो ।

प्रतिक्रिया दिनुहोस