काठमाडौँ । वर्तमान व्यवस्था विरोधी राजावादीहरूले राजसंस्था पुनर्स्थापनाका लागि गर्दै आएको आन्दोलनका स्वरूप फेर्ने तयारी गरेका छन् । राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिको बुधबार बस्ने बैठकले आन्दोलनको स्वरूप परिवर्तनबारे निर्णय गर्ने समितिका प्रवक्ता स्वागत नेपालले जानकारी दिए ।
राजावादीको आन्दोलनलाई मध्यनजर गरेर सरकारले काठमाडौँका कोटेश्वर, बल्खु र सिफलचौर बाहेक चक्रपथभित्रका अन्य स्थानमा निषेधाज्ञा जारी गरेको छ । ‘आन्दोलनको स्वरूप परिवर्तन गर्ने प्रस्ताव आएका छन्’, नेपालले भने, ‘निर्णयका लागि आज बैठक बस्दैछ ।
उनले नेपालबाहिर भएका विभिन्न देशका दूतावासमा घेराउ, प्रदर्शन गर्ने, नेपालका जिल्ला जिल्लामा पनि सोही प्रकारका कार्यक्रम गर्ने र काठमाडौँमा पनि एक ठाउँमा मात्र केन्द्रित नभएर विभिन्न स्थानमा आन्दोलन गर्ने कार्यक्रमहरू तय हुनसक्ने बताए ।
राजावादीहरूको पहिलो चरणको आन्दोलन मंगलबार सम्पन्न भएको थियो । राजावादीहरूको आन्दोलनमा ४४ वटा दल, समूह र अभियानका प्रतिनिधिहरू सहभागी भएको उनीहरूको दाबी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ जेठ २०८२, १२ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजावादी आन्दोलनमा घुसपैठ गरेको आरोपमा एकजना पक्राउ
राजावादी आन्दोलनमा झन्डाको व्यापार, ३ देखि ५ सयमा किनबेच