काठमाडौं । उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व टोलीलाई चीन सरकारले उच्च स्तरको सम्मान दिएको बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री भण्डारीले यो भ्रमणले दुई देशबीचको सम्बन्धलाई पनि थप बलियो बनाउने काम गरेको बताए । ‘दुई देशका बीचमा आपसी सम्बन्धलाई बलियो बनाउने, र नेपालका प्रमुख दलबीचमा जुन सहकार्य भएको छ । त्यसले राजनीतिक स्थायित्व दिन्छ, र त्यो राजनीतिक स्थायित्व प्रति खुसी व्यक्त गर्नुभयो’, उनले भने ।
भ्रमणका क्रममा एमालेका तर्फबाट विदेश विभाग प्रमुख रघुबीर महासेठ र सरकारका तर्फबाट मन्त्रीको हैसियतमा आफूले सम्वादहरुमा भाग लिएको पनि उनले बताए । गत १० जेठमा बेइजिङ गएको भ्रमण टोली आज स्वदेश फर्किएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ जेठ २०८२, १२ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुँजी बजार चलायमान नभएसम्म श्रम शक्ति व्यवस्थित हुँदैन : मन्त्री भण्डारी
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
मन्त्री भण्डारी र समकक्षी भारतीय मन्त्री जोशीबीच छलफल
मन्त्री भण्डारी र भूटानीमन्त्री छिरिङबीच भेट
वैदेशिक लगानी उच्च प्राथमिकता छ : मन्त्री भण्डारी
राष्ट्रिय अर्थतन्त्रमा उद्योग क्षेत्रको योगदान बढाउँछौँ : मन्त्री भण्डारी