काठमाडौं। युक्रेनसँग सिमाना जोडिएका रुसका दुई छुट्टाछुट्टै क्षेत्रमा पुल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ६९ जना घाइते भएका छन्। दुर्घटना शनिबार राति र आइतबार बिहान भएको हो।
ब्रायान्स्क क्षेत्रमा शनिबार राति एउटा राजमार्ग पुल रेलमार्गमाथि खस्दा त्यहाँ आइरहेको रेल दुर्घटना भयो । रुसी आपत्कालीन मन्त्रालयका अनुसार दुर्घटनामा ७ जनाको मृत्यु भएको छ र ६९ जना घाइते भएका छन् ।
जसमध्ये ४७ जना अस्पतालमा भर्ना छन् । घाइतेमध्ये ३ जना बालबालिका छन्, एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ। रुसी रेल प्रशासनले शुरूआतमा टेलिग्राममा पोस्ट गर्दै यो दुर्घटना 'यातायात प्रणालीमा अवैध हस्तक्षेप'का कारण भएको हुनसक्ने भने पनि पछि उक्त पोस्ट हटाइएको रोयटर्स जनाएको छ ।
त्यस्तै, कुर्स्क क्षेत्रमा आइतबार बिहान एउटा मालवाहक जाँदै गर्दा पुल भत्किएको हो । यस घटनामा विस्तृत विवरण आउन बाँकी भए पनि सुरक्षाका दृष्टिले ठूलो क्षति भएको बताइएको छ।
यी दुवै घटना युक्रेन सिमाना नजिक भएका हुन् । ती क्षेत्रमा पछिल्लो समय युक्रेनी आक्रमणहरू भइरहेकाले दुर्घटनापछि केही रुसी नेताहरूले युक्रेनलाई 'आतङ्ककारी क्षेत्र' भनेर टिप्पणी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ जेठ २०८२, १३ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले गर्यो रूसविरुद्ध अहिलेसम्मकै शक्तिशाली हमला
युक्रेनमा अहिलेसम्मकै ठूलो रुसी हवाई हमला, १२ जनाको मृत्यु
युक्रेनमा यात्रुवाहक बसलाई लक्षित गरी रुसको आक्रमण
रुस र युक्रेन वार्ता सकारात्मक : एक हजार युद्ध बन्दी रिहा गर्ने सहमति
युक्रेनले गरेको ड्रोन आक्रमणका कारण मस्कोका विमानस्थल बन्द
युक्रेनको विश्वविद्यालयमा भएको रुसी आक्रमणमा ३४ जनाको मृत्यु