उत्पादन पछिमात्रै आईपीओ जारी गर्न पाउने नियमले समस्या : अध्यक्ष कार्की

सफल खबर संवाददाता

शनिबार, १७ जेठ २०८२, १४ : ५३
उत्पादन पछिमात्रै आईपीओ जारी गर्न पाउने नियमले समस्या : अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ इप्पानका अध्यन गणेश कार्कीले निजी क्षेत्रका आयोजनाहरू समयमा नसकिने अवस्था रहेको बताएका छन् ।

शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उनले आईपीओ जारी गर्न नपाउँदा पुँजी अभाव भएकोले सरकारले ध्यान दिनुपर्ने बताएका हुन् ।

‘ऊर्जा क्षेत्र अघि नबढ्ने हो कि भन्ने शंका छ । उत्पादन पछि मात्रै आईपीओ जारी गर्न पाउने नियमले यसमा समस्या हुने दखिएको छ । ६१ खर्ब आवश्यक पर्ने भनिएको छ । अहिले ३६५ वटा आयोजनाहरु लाइसेन्स लिएको बसेको अवस्था रहेको,’ उनले भने ।

५६०० मेगावाट आयोजनाहरू लाइसेन्स बसेको र १७ हजार भन्दा बढी मेगावाट क्षमताका आयोजनाहरू रन अफ रिभरमा रहेको उनले बताए । ‘चाहेको अवस्थामा मात्रै विद्युत् किन्ने नियमले उत्पादन हुने विद्युत् खपत नहुन सक्छ । खनाल आयोगको सुझावले पनि केही समस्या रहेको छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस