काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी विनोद चौधरीले बजेटमा बजेटले व्यवसायीका मुद्दा सम्बोधन गर्ने प्रयास गरेको प्रतिक्रिया दिएका छन् । आर्थिक वर्ष २०८२/८३ का लागि बिहीबार संसद्मा अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटबारे प्रतिक्रिया दिँदै सांसद चौधरीले बजेटमा व्यवसायसँग सम्बन्धित केही सकारात्मक प्रयासहरू भएको प्रतिक्रिया दिएका हुन् ।
उनले बजेटमार्फत सरकारले विदेशमा लगानी गर्न चाहने नेपालीहरूले स्वेट सेयर लिन पाउने व्यवस्था स्वागतयोग्य रहेको बताए । उनले होटल व्यवसायमा लामो समयदेखि बढ्दो विद्युत् महसुलको समस्या समाधानतर्फ पनि बजेट केन्द्रित रहेको बताए । सांसद चौधरीले सूचना प्रविधि (आइटी) क्षेत्रमा काम गर्ने जनशक्तिका लागि नेपालमै वातावरण सिर्जना गर्ने प्रयास समेत सकारात्मक रहेको प्रतिक्रिया दिए ।
उनले भने, ‘विदेशमा लगानी गर्नको लागि आफ्नो सिप, आफ्नो मेहनत, बेच्न पाएको अवस्थामा स्वेट सेयर लिन पाउने व्यवस्था बजेटले गरेको छ । होटेलमा वर्षौंदेखि विद्युत् महसुल बढी थियो । त्यसलाई पनि यो बजेटले सम्बोधन गरेको छ । यसलाई व्यवसायीको हिसाबले मैले सकारात्मक रूपमा लिएको छु । आइटीको क्षेत्रमा काम गर्ने मान्छेलाई नेपालमा आएर काम गर्ने वातावरण समेत यस बजेटले बनाइदिएको छ ।’
बजेटले मुलुकको अर्थतन्त्र उकास्नेदेखि पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने खालको रहेको सांसद चौधरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ जेठ २०८२, १२ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी
राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी