काठमाडौं । त्रिशुली नदीमा पौडी खेल्नेक्रममा एक बालिका बेपत्ता भएकी छन् । तनहुँको देवघाट गाउँपालिका–५ ठिमुरास्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने ११ वर्षिया सृष्टि गुरुङ्ग डुबेर बेपत्ता भएकी हुन् ।
बिहिबार साँझ ६ बजेतिर बेपत्ता भएकी सशस्त्र प्रहरीको गोताखोर टोली परिचालन भएको छ । शुक्रबार बिहान ११ बजेदेखि खोजी कार्य चलिरहेको सशस्त्र प्रहरी बल नेपाल १७ नम्बर गण चितवनका सशस्त्र प्रहरी सहायक निरीक्षक भोगेन्द्र महतोले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ जेठ २०८२, १३ : १२
लेखकबाट थप