राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, ०८ : २४
राजावादी समूहले शुक्रबार मातीघरमा प्रदर्शन गर्दै

काठमाडौँ । राजावादी समूहले शुक्रबार राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन् ।

राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको संयोजनमा माइतीघरमा प्रदर्शन हुन लागेको राप्रपाका प्रवक्ता रगुन लावतीले जानकारी दिए । 

राजावादी समूहले बिहीबार राजधानीको शान्तिबाटिका क्षेत्रमा प्रदर्शन गरेको थियो । राजावादी समूहले राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाका साथै संघीयता खारेजीको माग गरेर बिहीबारदेखि अनिश्चितकालीन आन्दोलन सुरु भएको बताएको छ । 

राजावादी समूहमा राप्रपा, राप्रपा नेपालसहितका हिन्दुवादी र राजावादी संघसंगठन रहेका छन् ।