राजावादीहरुको रणनीति : आन्दोलन एक हप्ता टिकाउने, आधिकारिक सूचनामा मात्रै भर पर्न निर्देशन

सफल खबर संवाददाता

शुक्रबार, १६ जेठ २०८२, ०८ : ०८
राजावादीहरुको रणनीति : आन्दोलन एक हप्ता टिकाउने, आधिकारिक सूचनामा मात्रै भर पर्न निर्देशन

काठमाडौं । राजसंस्था फर्काउने उद्देश्य सहित निर्णायक आन्दोलनमा उत्रेको दाबी गरेका राजाबादीहरुले काठमाडौं केन्द्रित आन्दोलन एक हप्तासम्म टिकाउने रणनीति बनाएका छन् ।

गणतन्त्र घोषणाको दिन जेठ १५ बाट काठमाडौ  केन्द्रीत आन्दोलन थालेका राजावादीहरुले आन्दोलन एक हप्ता टिकाउन सकिए अहिलेलाई उपलब्धी हुने निश्कर्ष निकालेका छन् ।

आन्दोलन परिचालन समितिका एक सदस्यका अनुसार, एक हप्तासम्म आन्दोलन यसपटक टिकाउन सकिए सत्तापक्ष प्रत्यक्ष मुडभेडमा आउने र त्यसबाट आन्दोलनले फाइदा लिएर थप आन्दोलन चर्काउन रणनीति बनाउन सकिने निश्कर्ष राजावादीहरुले निकालेका छन् । उनीहरुले एक पछि अर्काे स्थानबाट दिनहुँ आन्दोलनलाई ब्यवस्थित बनाउने र त्यसका लागि अन्य सूचनाको स्रोतमा होइन्, आफ्नै आन्दोलन परिचालन समितिको सचिवालयको सूचनालाई मात्रै आधिकारिक मान्न पनि निर्देशन गरेका छन् ।

गणतन्त्र घोषणाको दिन जेठ १५ बाट काठमाडौ  केन्द्रीत आन्दोलन थालेका राजावादीहरुले आन्दोलन एक हप्ता टिकाउन सकिए अहिलेलाई उपलब्धी हुने निश्कर्ष निकालेका छन् ।

हिजो शान्तिबाटिका केन्द्रीत आन्दोलन गरेका उनीहरुले आज विजुलीबजार देखि शान्तिबाटिका र बानेश्वर क्षेत्र केन्द्रीत हुने गरी आन्दोलनलाई केन्द्रीत गर्ने योजना बनाएका छन् । त्यसका लागि विजुलीबजार पुल क्षेत्रमा केन्द्रीत हुने गरी सहभागी हुन निर्देशन गरिएको छ ।

आज शुक्रबार दिउसो १ बजे बबरमहल नजिकैको बिजुलीबजारमा जम्मा हुने र त्यहीबाट आन्दोलन केन्द्रीत गर्ने राष्ट्रिय शक्ति नेपालका युवा अध्यक्ष तथा जनआन्दोलन समितिका सचिवालय सदस्य एवं पुर्ब राज्यमन्त्री बिराज बहादुर बिष्टले निर्देशन गरेका छन् । विष्टबाट प्रेसित सूचनालाई आधार मानि सबैले आ-आफ्नो ढंगले उपस्थिती हुन सचिवालयले निर्देशन गरेको छ ।

राजावादीहरुलाई सरकारका तर्फबाट आफनो आन्दोलनका विरुद्ध प्रचार मोर्चामा भ्रम छर्न सक्ने   चिन्ता बढी देखिएको छ । त्यसका लागि सचेत हुन पनि उनीहरुले सर्कुलर गरेका छन् । अन्यत्रको सूचनाको भर पर्ने भन्दा आफनो आन्दोलन परिचालन समितिको सचिवालयबाट प्राप्त हुने आधिकारिक सूचनालाई मात्रै आधार बनाउन उनीहरुले सहभागीहरुलाई निर्देशन गरेका छन् ।

राजावादीहरुले चैत १५ मा बानेश्वर तिनकुने क्षेत्रमा भएको हिंसात्मक घटना, लुटपाटले आन्दोलनलाई क्षति पुगेको भन्दै त्यसखालको घटनाबाट सचेत हुँदै आन्दोलनमा सहभागी हुन आग्रह् गरेको ती नेताले बताए ।

प्रतिक्रिया दिनुहोस