काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष महिन्द्र राय यादव पनि एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरेका छन् । सोमबार नेसपा (गंगानारायण श्रेष्ठ) समूहसँग एकता सभालाई सम्बोधन गर्दै उनले यादव समूह पनि एकता प्रक्रियामा जोडिने विश्वास व्यक्त गरेका हुन् । अध्यक्ष यादवसँग सल्लाह गरेर नै श्रेष्ठ समूहसँग एकता गरेको दाबी गर्दै उनले प्राविधिक कारणले यादव समूह एकता प्रक्रियामा नजोडिएको बताए ।
‘महिन्द्र राय यादवसँग हिजो र आज पनि छलफल भइराखेको छ । उहाँसँग सल्लाह भएर नै एकता प्रक्रियामा जोडिएको हो । केही प्राविधिक कारणले माओवादी नामका कारणले उहाँलाई अप्ठ्यारो लाग्यो । आज बिहान मात्र कुरा भएको छ । केही तिक्तता र नमिठो मान्ने कुरा छैन । महिन्द्रजीले पनि बाहिर बोलिनै राख्नुभएको छ भोलि म पनि जाने माओवादी केन्द्रमै हो । म आशा गर्छु उहाँ पनि एकता प्रक्रियामा आउनुहुन्छ’, उनले भने ।
नेपालमा समाजवादी क्रान्ति मौलिक ढङ्गले गर्ने उद्देश्यसहित २०७४ सालमा एमालेसँग एकता गरेको तर केही विरोधीहरूले विभाजन गरेको उनले आरोप लगाए । एमालेसँगको एकता सैद्धान्तिक रूपमा सही भएको प्रचण्डको जिकिर छ ।
‘एमालेसँग एकता गर्नु सैद्धान्तिक रुपमा गलत भएको मैले ठानेको छैन । पार्टी र जनताले अनुमोदन गरेको थियो । दुई तिहाइ मत पाएका थियौँ । समाजवादको आधार तय गर्न ठुलो अवसर मिलेको थियो । झन्डै ९५ प्रतिशत एकतालाई अगाडि बढाउन सकारात्मक थिए । केहीलाई मन परेको थिएन । उनीहरूले एकता भत्काउन लागि परे । यसमा केही देशी विदेशी शक्ति पनि लागि परे’, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ जेठ २०८२, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सरकार अधिनायकवादतर्फ गयो: माओवादी केन्द्र