एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको मौनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्। मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताएका हुन् ।
रुसले हालै युक्रेनमा ३६७ ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । २०२२ मा पुटिनले पूर्ण-स्तरीय आक्रमण शुरूरु गरेपछि एकै रातमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
रुसले युक्रेनमाथि अत्याचार गरिरहेको राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिए । युक्रेनभरि व्यापक आक्रमणमा तीन बालबालिकासहित कम्तिमा १२ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताए । उनले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गरेका छन् ।
यसैबीच पछिल्लो तीन दिनमा दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा धेरै सेना फिर्ता गरेका छन् । युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका धेरैलाई यातना दिइएको र खानाबाट समेत वञ्चित गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ जेठ २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निष्कर्ष बिनै टुङ्गियो रुस–युक्रेन वार्ता
रुस-युक्रेन र अमेरिकाको वार्ता अबुधाबीमा हुने
युक्रेन–रुसमा अस्थायी युद्धविराम, अमेरिकी मध्यस्थतामा सहमति
रुस र युक्रेनबीच आबुधाबीमा महत्त्वपूर्ण शान्ति वार्ता
युक्रेन युद्ध अन्त्यका लागि यूएईमा त्रिपक्षीय वार्ता हुने
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप