एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको मौनताले राष्ट्रपति भ्लादिमिर पुटिनलाई प्रोत्साहित गरिरहेको आरोप लगाएका छन्। मस्कोको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमणपछि जेलेन्स्कीले रुसलाई कडा दबाब नदिएसम्म यस्ता आक्रमण नरोकिने बताएका हुन् ।
रुसले हालै युक्रेनमा ३६७ ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो । २०२२ मा पुटिनले पूर्ण-स्तरीय आक्रमण शुरूरु गरेपछि एकै रातमा भएको यो सबैभन्दा ठूलो आक्रमण हो ।
रुसले युक्रेनमाथि अत्याचार गरिरहेको राष्ट्रपति जेलेन्स्कीले प्रतिक्रिया दिए । युक्रेनभरि व्यापक आक्रमणमा तीन बालबालिकासहित कम्तिमा १२ जनाको मृत्यु भएको छ र दर्जनौं घाइते भएको बीबीसीले जनाएको छ ।
यस्तै युरोपेली संघको विदेश नीति प्रमुख काजा कालासले रातभरको आक्रमणले रुस युक्रेनलाई पूर्ण रूपमा ध्वस्त पार्ने लक्ष्यमा रहेको देखाएको बताए । उनले रुसमाथि थप अन्तर्राष्ट्रिय दबाब दिन पनि आह्वान गरेका छन् ।
यसैबीच पछिल्लो तीन दिनमा दुवै पक्षले एकअर्कालाई तीन सयभन्दा धेरै सेना फिर्ता गरेका छन् । युक्रेनी अधिकारीहरूले रुसी कैदबाट फर्किएका धेरैलाई यातना दिइएको र खानाबाट समेत वञ्चित गरिएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १२ जेठ २०८२, ०९ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु