काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्द्धनका लागि प्राकृतिक र धार्मिक सम्पदाको प्रभावकारी रूपमा उपयोग गर्न जरुरी रहेको बताएका छन् ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपाल प्राकृतिक र धार्मिक रूपमा धनी देश भए पनि त्यसअनुसारको लाभ लिन नसकिएको बताए । नेपाल सगरमाथा, लुम्बिनी, पशुपतिनाथ र मुक्तिनाथ जस्ता विश्व प्रसिद्ध पर्यटकीय स्थलको देश भए पनि त्यसको लाभ उठाउन नसकेको उनको भनाइ छ ।
उनले नेपाल उद्योग वाणिज्य महासङ्घ पर्यटन पूर्वाधार निर्माणमा कटिबद्ध भएर लागिरहेको समेत बताए । सातै प्रदेशमा पर्यटन पूर्वाधार निर्माणको कार्य अघि बढिरहेको समेत उनले बताए ।अध्यक्ष ढकालले पर्यटन प्रवर्द्धनले नेपालको आर्थिक वृद्धिमा टेवा पुर्याउने उल्लेख गर्दै सरकार र निजी क्षेत्रबिच सहकार्य आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० जेठ २०८२, १२ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउँछौं : अध्यक्ष ढकाल
अब आइएमई ग्रुप प्राविधिक जनशक्ति उत्पादनका क्षेत्रमा अगाडि बढ्यो : ढकाल
पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ: अध्यक्ष ढकाल
चर्चा कमाउनका लागि मात्रै निर्णय नगरौँ : अध्यक्ष ढकाल
निजी क्षेत्रलाई सम्मानपूर्वक काम गर्ने अवसर दिनुपर्छ : चन्द्र ढकाल
स्याङ्जाको सुन्तला र पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने अध्यक्ष ढकालको प्रतिबद्धता