काठमाडौं। सरकारले घरजग्गाको कारोबारका लागि लाइसेन्स लिनुपर्ने व्यवस्थालाई कडाइ गर्ने भएको छ । ६ महिना भित्र यो व्यवस्था लागू गर्ने सरकारको तयारी छ ।उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै सरकारले लाइसेन्स लिएर मात्र घरजग्गाको कारोबार गर्ने व्यवस्थामा कडाइ गर्न लागेको हो ।
‘मालपोत ऐनमा भएको व्यवस्था अनुरूप घरजग्गा व्यवसायको लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्ने,’ उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयनको २१९ नम्बर बुँदामा भनिएको छ ।
घरजग्गा कारोबारका नाममा भइरहेको राजश्व चुहावट रोक्न सकारले लाइसेन्स लिएर मात्र घरजग्गाको कारोबार गर्न सकिने नीति लिएको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले ६ महिनामा यो व्यवस्था लागू गर्नुपर्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय मामिला सचिव चूडामणि पौडेल संयोजकत्वको समितिले तयार गरेको आर्थिक सुधार कार्ययोजना तयार गरेको थियो ।जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक सुधार सुझाव आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ जेठ २०८२, १६ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरजग्गा कारोबारमा बैंक स्टेटमेन्ट अनिवार्य गर्दा प्रधानमन्त्री कार्यालयको चासो, मन्त्रालयका अधिकारी छलफलमा
पुसको तुलनामा माघमा घट्यो घरजग्गा कारोबार
पुसमा बढ्यो घरजग्गा कारोबारः एक महिनामा चार अर्ब २५ करोड राजश्व सङ्कलन
पुसमा बढ्यो घरजग्गा कारोबार, ४ अर्ब २५ करोड रुपैयाँ राजस्व संकलन