जनकपुर । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिस सिंहले प्रदेशका कर्मचारीहरूमा काम गर्ने मनसाय कम देखिएको बताएका छन् । अर्थ मन्त्रालयको आयोजनामा राखिएको विनियोजन विधेयक २०८२ को लागि मस्यौदाका लागि सुझाव सङ्कलन कार्यक्रममा मुख्यमन्त्री सिंहले यस्तो बताएका हुन ।
बिहीबार बिहान भौतिक मन्त्रालयको सभाकक्षमा आयोजित सुझाव सङ्कलनमा पछिल्लो समयमा प्रदेशका हरेक मन्त्रालयमा कार्यरत कर्मचारीहरू काम गर्ने मनसाय एकदम कम देखिएको बताए । कर्मचारीहरूको ढिलासुस्तीले प्रदेश सरकारको कामकारबाहीमा प्रश्न उठिरहेकाले यो आचरणलाई तत्काल सुधार गर्न उनले निर्देशन समेत दिए ।
कार्यक्रममा सहभागी सचिवहरूलाई मुख्यमन्त्री सिंहले भने, ' यो प्रवृत्तिले प्रदेश सरकारको पर्फमेन्समाथि नै प्रश्न उठ्छ, त्यसकारण यसलाई तपाइहरू सुधार गर्नुस् । बरु उत्कृष्ट काम गर्ने कर्मचारीलाई मनोबल बढाउनका लागि पुरस्कारको व्यवस्था गर्नुस्, त्यसमा प्रदेश सरकारले सबै सहयोग गर्छ । अनि लापरबाही गर्ने कर्मचारीहरूको घटुवा हुने व्यवस्था गर्नुस्, तब मात्रै यो समस्या समाधान हुनेछ '।
कार्यक्रममा सहभागी अर्थमन्त्री सुनिल यादवले कार्यविधिको कारणले बजेट खर्च हुन नसकेको प्रस्ट्याए । सबै सचिवहरूबाट प्राप्त महत्त्वपूर्ण सुझावलाई आत्मसात् गरेर कार्यविधि तयार गरिने जनाए । रकमान्तर, आयोजना तथा कार्यक्रमको संशोधन, एकमुष्ट विनियोजित बजेटको बाँडफाँट, नयाँ योजना तथा कार्यक्रम, बजेट निर्माण , कार्यविधि निर्माण गर्ने अधिकार, विगतको बक्यौता रकमसहितका १० वटा एजेन्डामाथि छलफल भएको थियो ।
जसमा सचिवहरूले आफ्नो राय तथा सुझाव मुख्यमन्त्री सिंहलाई टिपाएका छन् । कसरी विनियोजन विधेयक तयार गर्ने ? त्यसमा सङ्घीय नीतिलाई मध्यनजर गरेर जान सचिवहरूले सुझाए दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०८ जेठ २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आतंकी हमलाको प्रतिकार आवश्यक छ, मधेस भारतको साथमा छ: मुख्यमन्त्री सिंह
मुख्यमन्त्री सिंह र योगी आदित्यनाथबीच भेट
नियम विपरीत सञ्चालन भएका १० निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन
निजी अस्पतालमा मुख्यमन्त्री सिंहको अनुगमन, चार अस्पताल बन्द
मुख्यमन्त्री सिंह र स्विस नियोगका अधिकारीबीच भेट