काठमाडौं । विश्व पौडेललाई गभर्नर नबनाउन भन्दै दिइएको रिट दरपीठ (दर्ता नभएको) विरुद्धको निवेदन सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दिएको दरपीठविरुद्धको निवेदनको पेशी मंगलबारका लागि न्यायाधीश मल्लको इजलासमा पेशी तोकिएको हो । उनीहरूले दरपीठको निर्णय खारेज गर्दै निवेदन दर्ता हुनुपर्ने माग गरेका छन् ।
सरकारले अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको गर्भनर बनाउन लागेको तर त्यसका लागि उनी अयोग्य रहेको दाबी गर्दै सर्वोच्चमा दिएको निवेदन दरपीठ भएपछि उनीहरू त्यसविरुद्ध निवेदन लिएर पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्व पौडेलविरूद्धको रिट दरपीठमाथिको सुनुवाइ सकियो, आदेशको पर्खाइ
विश्व पौडेललाई नै गभर्नर बनाउने सहमति
गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर