काठमाडौं । गर्भनर नियुक्तिको संवैधानिक जिम्मेवारी लत्याउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्री कांग्रेससँग सत्ताको 'सिंहदरबारिया खेल' खेलिरहेका छन् ।
सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद्को बैठक कार्यतालिकामा राखिए पनि न मन्त्रिहरूलाई सूचना दिइयो, न बैठक बस्यो। त्यसैले गर्भनर नियुक्तिको टुंगो लाग्ने भनेर आम जनताले गरेको अपेक्षामा फेरि निराशामा परिणत भयो।
आज पनि उही नाटक दोहोरिएको छ- साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठकको कार्यतालिका प्रधानमन्त्री निवास बालुवाटारमा छ, तर मन्त्रीहरूलाई फेरि पनि औपचारिक खबर यो समाचार तयार पार्दासम्म छैन।
कांग्रेस नेताहरूको विश्वास छ - आज साँझसम्म गर्भनरको टुंगो लाग्नैपर्छ, यदि फेरि पनि ढिलाइ भयो भने, यो मामला सत्ता संकटतर्फ उन्मुख हुने उनिहरुको भनाइ छ ।
नेपाल राष्ट्र बैंकजस्तो स्वायक्त संस्थामा गर्भनर नियुक्तिमा ‘भागबण्डा’को खेल चलिरहेका बेला कांग्रेस र एमालेले आ–आफ्ना गोटीहरू अघि सारिरहेका छन्।
कांग्रेसले चितवन-१ बाट गत प्रतिनिधिसभा चुनावमा चुनाव लडेका डा. विश्व पौडेललाई सिफारिस गरेको छ, तर उनीमाथि सर्वोच्च अदालतमा रिट दरपिटको अवस्थामा छ । उनीविरुद्दको रिट दर्ता हुने नहुने विषयलाई लिएर आज न्यायाधिसको बेन्चमै छलफल चल्दैछ ।
नेपाल राष्ट्र बैंकजस्तो नियमनकारी, स्वतन्त्र संस्थामा नियुक्ति हुनु पर्ने व्यक्तिलाई पार्टीगत भागबन्डा गरेर लाद्ने प्रयासमा सत्तारूढ एमाले र प्रमुख विपक्षी कांग्रेस एकै सर्कसको दुई पात्रझैँ देखिएका छन् । ऐनले निष्पक्ष, योग्य व्यक्तिलाई गर्भनर बनाउनु पर्ने भने पनि, सत्ता गठबन्धनले ‘आफ्नो मान्छे’ लाई राख्ने चाकडीमा सिंगो अर्थतन्त्रलाई बन्धक बनाइरहेको छ। सत्तारूढ दुई दलबीचको रस्साकस्सीले उक्त संवैधानिक पद ‘पार्टीको पुरस्कार’ झैं बाँडफाँड गर्न खोजिएको छ।
गर्भनर नियुक्ति गत फागुनमै हुनुपर्ने कानुनी व्यवस्था थियो । तर निवर्तमान गर्भनर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको झण्डै दुई महिना बितिसक्दा पनि निर्णय अझै अन्योलमा छ। उता बजेट घोषणा नजिकिँदै गर्दा राष्ट्र बैंक नेतृत्व रिक्त हुनु गम्भीर आर्थिक जोखिम हो, तर सरकार अझै पनि कसको मान्छे राख्ने ? भन्ने अस्वस्थ प्रतिस्पर्धामा व्यस्त छ।
सोमबार दिउँसो गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्रीसँग भेट गरी गर्भनरको टुंगो लगाउन आग्रह गरे पनि अर्थमन्त्री विष्णु पौडेलले न सिफारिस समितिको बैठक बोलाए, न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक। बरु दिनभर सिफारिस समितिका संयोजक रहेका अर्थमन्त्री पौडेल मन्त्रालयमा भेटघाटमै व्यस्त देखिए।
जेठ १ गते देखि बजेट बनाउन ब्यस्त हुने भन्दै भेटघाट बन्द गरेका अर्थमन्त्री सोमबार भने मन्त्रालयमा भ्याईनभ्याई भेटघाटमा थिए । ब्यापारी, राजनीतिक दलका नेता लगायतको घेरामा उनी थिए ।
प्रधानमन्त्री ओलीको संकेतले नै हुनुपर्छ उनले सोमबार सिफारिस समितिको कुनै बैठक नै बोलाएनन । आज पनि यो समाचार तयार पार्दासम्म उनले सिफारिस समितिको बैठक बोलाएका छैनन । गर्भरको विषय अहिले कांग्रेस र एमालेको गठबन्धन सरकारकै लागि पेचिलो बनेको छ ।
सत्ता समीकरण झन् पेचिलो बन्दै जाँदा देउवाले प्रधानमन्त्री ओलीसँग अब गर्भनर नियुक्तिका विषयमा छलफल नगर्ने अडान लिएका छन्। फलस्वरूप कांग्रेसका शीर्ष नेताहरू उपसभापति पूर्णबहादुर खड्काको निवासमा र एमाले नेताहरू बालुवाटारमा आन्तरिक छलफलमा सोमबार अबेर रातीसम्म तल्लीन थिए ।
आज साँझसम्म प्रधानमन्त्री ओलीले अन्ततः सिफारिस समितिको बैठक डाकी मन्त्रिपरिषद्बाट निर्णय लिने तयारी गरेको भनिए पनि कांग्रेसभित्र अझै ओलीमाथि गहिरो शंका छ - उनले आफ्नै मान्छे राख्न अनेक बहाना खोजिरहेका छन्।
कांग्रेस नेताहरूको विश्वास छ - आज साँझसम्म गर्भनरको टुंगो लाग्नैपर्छ, यदि फेरि पनि ढिलाइ भयो भने, यो मामला सत्ता संकटतर्फ उन्मुख हुने उनिहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ जेठ २०८२, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर
गर्भनर नियुक्तिमा गाँठो फुक्न सकेन, देउवालाई ओलीले दिएको डेटलाइन पनि पार
नीलम ढुंगानाले डा. गुणाकर भट्टको राजीनामा आज गर्लिन् त स्वीकृत ?
गुणाकर भट्टलाई गर्भनर बनाउन निलमलाई अन्यत्रै आर्कषक अफर
दीपक भट्टले सरकार ढालिदिन्छु भनेपछि.....
बहालवाला कर्मचारीदेखि बैंकरसम्म 'गर्भनर'को दौडमा