डोटी । राष्ट्रिय दलित अभियान नेकपा माओवादी केन्द्रमा समायोजन भएको छ । माओवादीको मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत दिपायलमा आयोजित जनसभामा राष्ट्रिय दलित अभियानका संयोजक प्रेम विसीले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेका छन् ।
प्रेम विसीले जनसभामा आफ्नो धारणा राख्दै दलित समुदायको अधिकार, समानता र सामाजिक न्याय सुनिश्चित गर्न प्रचण्ड र माओवादीलाई बलियो बनाउन आवश्यक रहेकाले आफ्नो अभियानलाई माओवादी केन्द्रमा समायोजन गरेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, १५ : ०५
लेखकबाट थप