काठमाडौं । युक्रेनमा रुसले पुन: आक्रमण गरेको छ । आक्रमणमा परी ९ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएको बीबीसीले लेखेको छ । रुसले उत्तर–पूर्वी युक्रेनको सुमी क्षेत्रमा यात्रुवाहक बसलाई लक्षित गरी आज ड्रोन आक्रमण गरेको हो ।
सुमी क्षेत्रीय सैन्य प्रशासनका अनुसार उक्त मिनीबस बिलोपिलिया सहरबाट सुमी क्षेत्रीय राजधानीतर्फ गइरहेको थियो । त्यसै बेला रूसी ल्यान्सेट ड्रोनले हमला गरेको हो । घटनास्थल रुसको सीमावर्ती क्षेत्रसँग नजिक छ ।
यो हमला रूस र युक्रेनबीच सन् २०२२ यता पहिलो पटक भएको सीधा वार्ताको केही घण्टापछि भएको हो । युक्रेनले उक्त आक्रमणलाई ‘निरङ्कुश युद्ध अपराध’ भनेको छ । ‘रूसी सेनाले फेरि एकपटक नागरिकमाथि हमला गरेको छ, जसले अन्तर्राष्ट्रिय कानुन र मानवताको सम्पूर्ण मापदण्डलाई तोडेको छ’, युक्रेनको प्रतिक्रिया छ ।
रूसले भने यस घटनाबारे प्रत्यक्ष टिप्पणी नगरे पनि सरकारी सञ्चार माध्यमहरूले सुमीमा रहेको सैन्य क्षेत्रलाई लक्षित गरिएको दाबी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०३ जेठ २०८२, १४ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु