गाजापट्टी । इजरायलले शुक्रबार बिहान फेरि एक पटक गाजामा शक्तिशाली र घातक हवाई आक्रमण गरेको छ। हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको छ । अरू धेरै जना घाइते भएका छन् ।
मिडिया रिपोर्टका अनुसार त्यहाँ उपस्थित एक पत्रकारले इन्डोनेसियाली अस्पतालमा २० जनाको शव गणना गरिएको पुष्टि गरेका छन् । अर्कोतर्फ घाइते र उद्धारकर्मीहरूको भनाइ उद्धृत गर्दै धेरै मानिसहरू भग्नावशेषमुनि दबिएको बताइएको छ ।
इजरायलले पछिल्ला दिन गाजामा निरन्तर आक्रमण गरिरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मध्यपूर्वको भ्रमणमा रहकै बेला आक्रमण भएका छन् । राष्ट्रपति ट्रम्पले इजरायल र हमासबिच युद्धविराम गराउन धेरै महत्त्वपूर्ण प्रयासहरू पनि गरेका छन्।
यद्यपि, अर्कोतर्फ यसहप्ता अमेरिकी समर्थित नयाँ संस्था ‘गाजा मानवीय फाउन्डेसन’ ले महिनाको अन्त्यसम्ममा गाजामा राहत कार्य सुरु गर्न सक्ने घोषणा गरेको छ । यसमा अमेरिकी सैन्य भेटरान, सुरक्षा विज्ञ र पूर्व राहत संयोजकहरू समावेश हुनेछन्।
लगातार तेस्रो दिन घातक हवाई हमला
इजरायल र हमासबिच जारी द्वन्द्वका बेला इजरायलले गाजामा घातक हवाई आक्रमण गरेको यो लगातार तेस्रो दिन हो । यसअघि बिहीबार इजरायलले दक्षिणी गाजाको खान युनिस सहरमा हवाई आक्रमण गर्दा ५४ जनाको मृत्यु भएको थियो भने धेरै जना घाइते भएका थिए।
बुधबार उत्तरी र दक्षिणी गाजामा भएका आक्रमणहरूमा कम्तीमा ७० जनाको मृत्यु भएको थियो, जसमा करिब दुई दर्जन बालबालिका पनि थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गाजामा युद्धविराम र बन्धक रिहाइको माग गर्दै इजरायलमा हजारौँ मानिस सडकमा
गाजामा इजरायली सेनाद्वारा ३० प्यालेस्टाइनीको हत्या
गाजामा भएको आक्रमणमा सय जनाको मृत्यु
गाजामा कुपोषणका कारण थप ११ जनाको मृत्यु
गाजामा अत्यावश्यक सामग्रीको चरम अभाव, राहत ढुवानीमा ढिलाइ
करिब ४ सय ७० किलो गाँजासहित ट्रक चालक पक्राउ