हङकङ र बहराइनको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, १३ : ५९
हङकङ र बहराइनको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा

काठमाडौँ । नेपाल आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर-३ मा प्रवेश गरेको छ ।

थाइल्यान्डमा जारी छनोटअन्तर्गत हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएसँगै नेपाल सुपर-३ मा प्रवेश गरेको हो ।नेपालले ४ खेलमा २ मा जीत, १ मा बराबरी र १ मा नतिजाविहीन हुँदा ५ अंक जोडेको थियो ।

हङकङले ४ खेलमा १ मा जीत र ३ मा नतिजाविहीन हुँदै ५ अंक जोडेको छ । बहराइन भने ४ खेलमा २ मा बराबरी र २ मा हारसहित २ अंक जोडेर पुछारमा रह्यो । महिला टी-२० विश्वकप एशिया छनोटमा सहभागी भएका ९ टोलीलाई ३ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता सुपर थ्री मा पुग्नेछन् । सुपर थ्रीको शीर्ष २ टोली ग्लोबल छनोटमा पुग्नेछन् । नेपालले सुपर-थ्रीमा बलिया टोली यूएई र थाइल्यान्डसँग खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस