काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा परेको छ । मिश्रसँग आज इजलासमा बयान पनि लिइँदै छ । नेपाल प्रहरी प्रधान कार्यालयको जवाफ महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित रूपमा पेस भएपछि मिश्रसँग बयान लिइने छ ।
उनलाई बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको रिटमा बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।
गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहले हिंसात्मक गतिविधि गरेको भन्दै प्रहरीले मिश्र सहित दुर्गा प्रसाईँ लगायतलाई पक्राउ गरेको थियो । मिश्रमाथि प्रहरीले राज्यद्रोह, सङ्गठित अपराध, आपराधिक उपद्रव कसुरमा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ जेठ २०८२, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवीन्द्र मिश्रले काठमाडौँ-१ बाट गरे उम्मेदवारी दर्ता
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
निर्वाचन अगाडि नै रवीन्द्र मिश्रको भविष्यमा कालो बादल
पर्सा–३ बाट रवीन्द्र मिश्र प्रत्यक्षतर्फ पहिलो नम्बरमा सिफारिस
फेरि 'प्रचण्डपथ'मै पार्टी खोल्ने बुद्धि कसैलाई नआओस् : रवीन्द्र मिश्र
रवीन्द्र मिश्रलाई भेट्न घरमै पुगे लिङदेन