यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, ०२ जेठ २०८२, ०७ : १४
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५९ पैसा र बिक्रीदर १३७ रुपियाँ १९ पैसा कायम भएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपियाँ ९१ पैसा र बिक्रीदर १५३ रुपियाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपियाँ ४६ पैसा र बिक्रीदर १८२ रुपियाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपियाँ ९३ पैसा र बिक्रीदर १६३ रुपियाँ ६४ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ५१ पैसा र बिक्रीदर ८७ रुपियाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ६६ पैसा र बिक्रीदर ९८ रुपियाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०५ रुपियाँ १८ पैसा र बिक्रीदर १०५ रुपियाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस