मध्य-पहाडी लोकमार्ग केन्द्रीत ‘जनतासँग माओवादी, जागरण अभियान’ को तालिका सार्वजनिक, कार्यक्रम कहाँ कहिले ?

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, १५ : १४
मध्य-पहाडी लोकमार्ग केन्द्रीत ‘जनतासँग माओवादी, जागरण अभियान’ को तालिका सार्वजनिक, कार्यक्रम कहाँ कहिले ?

काठमाडौं।  नेकपा (माओवादी केन्द्र मध्य–पहाडी लोकमार्ग) केन्द्रीत जागरण अभियान भोलि देखी सुरु हुदै छ  ।  कार्यतालिकाअनुसार आज १ गते बेलुका डडेलधुरामा भोलि २ गते बैतडीको पाटनमा जनसभा र डोटीको दिपायलमा जनसंवाद कार्यक्रम राखिएको छ ।

त्यसैगरी, जेठको ३ गते अछामको मङ्गलसेनमा जनसंवाद, ४ गते दैलेखको सदरमुकाम दुल्लुमा र ५ गते, जाजरकोट खलङ्गा जनसंवाद कार्यक्रम तय भएको छ । ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मा जनसंवाद र १० गते कास्कीको पोखरामा जनसभा तय भएको हो ।

माओवादी केन्द्रले यसअघि एक महिने लामो हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान सञ्चालन गरेको थियो । सो क्रममा लाखौं जनतासँग प्रत्यक्ष संवाद गरिएको र उनीहरुको समस्या सुनेको माओवादीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस