यस्तो रह्यो चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को प्रिमियर

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, १२ : ०२
यस्तो रह्यो चलचित्र ‘के घर के डेरा: घर नम्बर २’को प्रिमियर

काठमाडौँ । चलचित्र ‘के घर के डेरा: घर नम्बर २’ को प्रिमियर बुधबार काठमाडौँमा सम्पन्न भएको छ। निर्माण पक्षले प्रिमियरलाई विशेष बनाउँदै मल, बाटो र बजारमा भेटिएका १८० भन्दा बढी सर्वसाधारण दर्शकलाई सहभागी गराएको थियो।

फिल्मको टोलीले आम मानिसहरूलाई प्रत्यक्ष भेटेर फिल्म हेर्न निमन्त्रणा गरेको हो। यसरी सर्वसाधारणलाई प्रिमियरमा सहभागी गराउँदा उनीहरूको वास्तविक प्रतिक्रिया थाहा पाउन सकिने विश्वास निर्माण पक्षले लिएको छ।

दर्शकहरूले फिल्म हेरेपछि कस्तो प्रतिक्रिया दिन्छन् भन्ने कुराले फिल्मको आगामी यात्रालाई महत्त्वपूर्ण दिशानिर्देश गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस