गर्भनर सिफारिस समिति ‘कर्मकाण्डी’ मात्रै, ओली–देउवाले नाम दिएपछि सिफारिस मात्र गर्ने

सफल खबर संवाददाता

विहीबार, ०१ जेठ २०८२, ११ : १०
गर्भनर सिफारिस समिति ‘कर्मकाण्डी’ मात्रै, ओली–देउवाले नाम दिएपछि सिफारिस मात्र गर्ने

काठमाडौं । केन्द्रीय बैंकजस्तो स्वायत्त संस्थाको नेतृत्व गर्भनर नियुक्तिमा भद्दा खेलबाड गरेका कांग्रेस र एमाले गठबन्धन सरकारले कानुनतः बलियो मानिनुपर्ने गर्भनर सिफारिस समितिलाई कर्मकाण्डी मात्रै बनाएका छन् ।

आफुले खोजेको र रोजेको पात्र भागवन्डामा पहिले नै दुई पार्टीका सभापति÷अध्यक्ष बसेर टुंगो लगाउने अनि सिफारिस समितिलाई यो नाम सिफारिस गर्न भनेर अह्राउने कामका लागि मात्र नाममात्रको सिफारिस समिति बनाएका छन् ।

अझ कतिसम्म भने गर्भनर यो बन्छ भनेर पहिले नै कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीका बीचमा टुंगो लाग्ने र त्यसलाई कर्मकाण्डी रुपमा नाम मात्र सिफारिस गर्न सिफारिस समिति बनाउने काम भएको भन्दै वित्तिय क्षेत्रबाट सरकारको चर्काे आलोचना भएको छ ।

गत फागुन २४ मा नै नयाँ गर्भनरको बारेमा सरकारले निधो लगाईसक्नुपर्ने थियो । तर दुई महिनाभन्दा लामो समय वित्दा समेत सत्ता गठबन्धन दल कांग्रेस र एमालेका बीचको तानातानले र ब्यक्ति यो र उ का नाममा ओली र देउवा नै गलफत्तीमा उत्रिएपछि गर्भनर नियुक्ति विवाद पेचिलो बनेको थियो ।

अहिले ओली र देउवाका बीचमा फेरि नयाँ पात्रका नाममा सहमति जुटेको छ । कांग्रेसका सक्रिय कार्यकर्ता, गत निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेर पराजित भएका डा विश्व पौडेललाई गर्भनर नियुक्त गर्न उनको सिफारिस समितिबाट राजीनामा गराई नयाँ सिफारिस समिति बनाइएको छ ।

यस अगाडी ओली र देउवाका बीचमा राष्ट बैंककै कार्यकारी निर्देशक रहेका डा गुणाकर भटटलाई पनि गर्भनर बनाउने समझदारी बनाएर उक्त पदबाट राजीनामा दिन लगाएका थिए । अहिलेसम्म गर्भनरको आशमा ओली र देउवाले चार जनालाई राजीनामा गराउन लगाईसकेका छन् ।

अर्थतन्त्र शिथिल भएको र देश सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टमा समेत परेको संवेदनशील अवस्थामा ओली र देउवाले गभर्नर नियुक्ति प्रक्रियालाई नै बदनाम बनाउने गरी गिजोलेका हुन् ।

बुधबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले सिफारिस समिति पूर्नगठन गरेको छ । समितिमा अब डा विश्व पौडेलको सट्टामा डा। पोषराज पाण्डे चयन भएका छन् । विश्व पौडेललाई भने गर्भनर बनाउने गरी सिफारिस समितिबाट राजीनामा गराउन लगाई नयाँ ब्यक्ति सिफारिस गरेका हुन् ।

गत २४ चैतदेखि तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि केन्द्रीय बैंक नेतृत्वविहीन छ । वहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअगावै नयाँ गभर्नर नियुक्ति गर्नुपर्ने कानुनी व्यवस्था छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ ले गभर्नरको नियुक्तिको सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेको छ । ‘नेपाल सरकारले वहाला वा गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिनाअगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने’ ऐनको दफा २५ मा उल्लेख छ ।

गर्भनर नियुक्तिका सवालमा ओली र देउवाले खेलेको चलखेल बच्चा पाउनु भन्दा पहिले नै बच्चाको न्वारन गर्ने सम्मको काम गर्न खोज्दा गिजोलिएको हो ।

को हुन् सिफारिस समितिमा राखिएका डा पाण्डे ?


सिफारिस समिति पनि कांग्रेस र एमालेले भागवन्डामा बनाएक छन् । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा बनाइएको सिफारिस समितिमा निर्वतमान गर्भनर महाप्रसाद अधिकारी (एमाले) र विश्व पौडेल (कांग्रेस)का थिए ।

ओली र देउवाका बीचमा डा विश्व पौडेललाइृ गर्भनर बनाउने समझदारी जुटेपछि उनको सट्टामा कांग्रेसले डा पोषराज पाण्डेलाई सिफारिस समितिमा अगाडी सारेको हो । यधपी यो समिति कर्मकाण्डी मात्रै हो । यसको कुनै अधिकार छैन ।

हुनुपर्ने सिफारिस समिति स्वायक्त हो । तर अहिले ओली र देउवाले दिएको नाम राखेर सिफारिस समितिले औठाछाप मात्र लगाउने हो । अहिले सिफारिस समितिमा परेका कांग्रेसका तर्फबाट अर्थविद पाण्डे साउथ एसिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इन्भायरोमेन्ट ९सावती०का कार्यकारी अध्यक्ष पनि हुन् ।

उनी व्यापार विज्ञका रुपमा चिनिन्छन् । अर्थशास्त्रमा विद्यावारिधि र बिजनेस म्यानेजमेन्टमा स्नातकोत्तर गरेका उनी राष्ट्रिय योजना आयोगका सदस्य पनि बनिसकेका छन् । नेपाललाई विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य बनाउने पक्षमा वार्ता गरेका पाण्डेले बहुपक्षीय व्यापार एकीकरण र क्षमता अभिवृद्धिका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ९यूएनडीपी०मा रहेर पनि काम गरेका छन् ।

कांग्रेसका डा प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी सल्लाहकारका रुपमा थिए । उनले राज्यमन्त्री सरह हैसियत राखेर त्यसबेला डा प्रकाशशरण महतलाई अर्थमन्त्रालयमा सहयोग गरेका थिए । उनैलाई कांग्रेसले विश्व पौडेलको सटटामा सिफारिस समितिमा समेटेको हो ।

अव यो समितिका पाण्डेले सम्भवत आजै सिफारिस समितिमा रहेको पत्र बुझने र आजै समितिको बैठक बसेर गर्भनरको नाम ओली र देउवाले तयार पारेका विश्व पौडेलको नाम सिफारिस गर्ने सम्भाबना रहेको छ ।

प्रतिक्रिया दिनुहोस