धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक बोलाएको छ । दलका नेता घनश्याम चौधरीले रिक्त रहेको प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा कसलाई पठाउने भन्नेबारे छलफल र निर्णय गर्न बैठक बोलाइएको जानकारी दिए ।
नाउपाको प्रदेश संसदीय दलको कार्यालयमा बैठक बस्दैछ । उनका अनुसार बैठकमा अन्य समसामयिक विषयमा समेत छलफल हुनेछ । तत्कालीन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरीले आर्थिक लेनदेनसम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि पदबाट राजीनामा दिएका थिए।
१६ चैतमा चौधरीले पदबाट राजीनामा दिएपछि अहिले उक्त मन्त्रालय मुख्यमन्त्री कमलबहादुर शाहले आफैंसँग राखेका छन् ।नाउपाले सर्वसम्मत रूपमा सरकारमा कसलाई पठाउने भन्नेबारे निर्णय लिइने जनाएको छ । नाउपाको सिफारिसका आधारमा मुख्यमन्त्री शाहले मन्त्री नियुक्त गर्नेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ३० बैशाख २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
रास्वपा संसदीय दलको बैठक सुरु
सिंहदरबारमा माओवादी संसदीय दलको बैठक शुरू