एमालेसँगको सत्ता गठबन्धन कायमै रहन्छ : डा.नारायण खड्का

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, १२ : ३३
एमालेसँगको सत्ता गठबन्धन कायमै रहन्छ :  डा.नारायण खड्का

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद् डा.नारायण खड्काले नेकपा एमालेसँगको सत्ता गठबन्धन कायमै रहने बताएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘१३/१४ महिनापछि सम्माननीय प्रधानमन्त्री ओलीजीले छोड्नुहुन्छ र त्यसपछि हाम्रो पार्टीका सभापति शेरबहादुर देउवाजी आउनुहुन्छ । यसमा कुनै शंका छैन । गठबन्धन रहन्छ, रहनुपर्छ भन्ने मान्यता मेरो पनि हो ।’

आउने सरकारले अपन्तव लिन सक्ने गरी र प्रतिफल दिने गरी नीति तथा कार्यक्रम लागू हुनुपर्ने उनले बताए । कस्तो नीति आयो भन्ने भन्दा महत्वपूर्ण कार्यान्वयनमा रहँदै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस