मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

सफल खबर संवाददाता

आइतबार, २८ बैशाख २०८२, ११ : २६
मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालन

काठमाडौं । ट्रक दुर्घटना हुँदा अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा आएको छ । बिहान ७ बजेदेखि अवरुद्ध भएको सडक ट्रक हटाइ दुवैतर्फ सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको मधेश प्रदेश ०३–००१ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे तुइनखोला भन्ने स्थानमा पल्टिएको थियो । कोइला लोड गरेको सो ट्रक आफैं अनियन्त्रित भई पल्टिँदा दुवैतर्फ बाटो अवरुद्ध भएको थियो । दुर्घटनामा मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस