धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले चलाएको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रोकिएको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो ।
गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । तर, राति सवा ९ बजे उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु