धनगढी । कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की बहुमुखी क्याम्पस नजिकै भएको दुर्घटनामा लम्कीचुहा-२ का ६५ वर्षीय लक्षीराम रिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीकाअनुसार रिमालले चलाएको से७प ३२३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडक किनारमा रोकिएको से१त ९६२३ नम्बरको ट्याक्टरको ट्रलीमा ठोक्किएको थियो ।
गम्भीर घाइते अवस्थाका उनलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो । तर, राति सवा ९ बजे उपचारका क्रममै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ बैशाख २०८२, ०९ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु
रोकिएको ट्रकमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु