राजसंस्था पुनस्थापनाका लागि काठमाडौँमा मोटरसाइकल र्‍याली

सफल खबर संवाददाता

शुक्रबार, २६ बैशाख २०८२, १५ : ०१
राजसंस्था पुनस्थापनाका लागि काठमाडौँमा मोटरसाइकल र्‍याली

काठमाडौँ । राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेको छ ।  समितिको आह्वानमा शुक्रबार दिउँसो काठमाडौँको सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेको थियो ।

यसअघि हिजो (बिहीबार) पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्थापना नभएसम्म लगातार प्रदर्शन गर्ने घोषणा गरिएको थियो ।सोही अनुरूप आजबाट आन्दोलनका कार्यक्रम सुरु गरिएको समितिले जनाएको छ ।

आजको र्‍यालीमा सहभागी हुन समितिका संयोजक नवराज सुवेदी, राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेता विक्रम पाण्डे लगायत पुगेका थिए ।समितिले आगामी जेठ १५ गतेबाट जनआन्दोलन सुरु गर्ने घोषणा गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस