काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको स्थगित एकता प्रक्रिया चाँडै सम्पन्न हुने बताएकी छन् । संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले जनमत पार्टीसँग एकता चाँडै टुंगिने बताएकी हुन् ।
जनमतका अध्यक्ष सीके राउतको व्यस्तताको कारण एकतामा ढिलाइ भएको बताएकी श्रेष्ठले राउत फर्किएपछि छलफल गरेर एकताको मिति घोषणा गरिने बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ बैशाख २०८२, १४ : १५
लेखकबाट थप