काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले कोटा प्रणाली मार्फत किसानलाई मल वितरण गर्ने कार्य व्यवहारिक र सहज नभएको बताएका छन् ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद सापकोटाले यस्तो बताएका हुन् ।
उनले भने, ‘हरेक वर्ष जब मुख्य बाली धान रोप्ने तयारी हुन्छ किसानले समयमा पर्याप्त मल पाउँदैनन् । कोटा प्रणाली मार्फत मल वितरण हुन्छ । तर त्यो व्यवहारिक र सहज छैन । किसानले ५० किलो मल माग गर्दा मुस्किलले ५ किलो मात्रै पाउँछन् ।’
उनले अगाडि भने, ‘सरकारको नीति तथा कार्यक्रमको बुँदा नम्बर १६ मा ज्यादै लोकप्रिय प्रकारको कार्यक्रम अगाडि सारिएको छ । तर हामी किसानका जाँदा किसानले यो सरकार किसानमैत्री भएन भनेर गुनासो गर्नुहुन्छ । मुख्य बाली धानको तयारी हुँदै गर्दा पर्याप्त मात्रामा मलको उपलब्धता गराउन उनले सरकारसँग आग्रह गरे ।
छ महिनादेखि किसानले बेचेको दुधको पैसा डीडीसीले भुक्तानी नगरेको भन्दै त्यस तर्फ पनि सरकारको ध्यान जानुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन प्रणाली नै अस्थिरताको मुख्य जड : माधव सापकोटा
कांग्रेस-एमाले गठबन्धनको धरातल प्रदेश सरकारमा उदांगो भयो : माधव सापकोटा
जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँः सांसद सापकोटा