गर्भनर नियुक्तिमा गाँठो फुक्न सकेन, देउवालाई ओलीले दिएको डेटलाइन पनि पार

फोर्स लिभ’मा बसेका मिश्र अमेरिका उडेपछि निलमले बढाइन् थप दबाब

सफल खबर संवाददाता

विहीबार, २५ बैशाख २०८२, ०९ : ३४
गर्भनर नियुक्तिमा गाँठो फुक्न सकेन, देउवालाई ओलीले दिएको डेटलाइन पनि पार

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको कार्यकाल सकिएको एक महिनासम्म पनि सरकारले गभर्नर नियुक्त गर्न सकेको छैन । कांग्रेस र एमालेका बीचमा भागवन्डा लफडा चलेपछि र गर्भनरको रेसमा रहेकी राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाले आफनो अडान नछोडेपछि सरकारलाई गर्भनर नियुक्ति गर्न सकस परेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र बैंककी कामु गभर्नर निलम ढुंगानाको माग सम्वोधन गर्दा कांग्रेसले दिईरहेको साथ छोडदेला भन्ने डरमा छन् । अर्काेतिर निलमलाई मनाउ भन्दा उनले मान्ने संकेत ओलीले पाएका छैनन । 

कांग्रेसको माग सम्वोधन गर्न कार्यकारी निर्देशक डा. गुणाकर भट्टले दिएको राजीनामा अहिलेकी काभु गर्भनर निलमले स्वीकृत गर्नुपर्ने हुन्छ । तर उनी गुणाकरको राजीनामा स्वीकृत गरेर आफनो प्रतिस्पर्धीलाई गर्भनर बन्न बाटो खोल्ने पक्षमा देखिएकी छैनन ।

सार्वजनिक मन्तब्यका क्रममा कांग्रेस सभापति देउवाले ओलीमा होइन, राष्टबैंकका केही समयस्याका कारण गर्भनर नियुक्ति हुन नसकेको बताएपनि  कांग्रेस नेताहरुसँग ओलीले नै यस्तो खेल खेलिरहेको हो की भन्ने आशंका ब्यक्त गरेको कांग्रेस स्रोत बताउँछ ।

सरकारले उनलाई कामु जिम्मेवारी दिईसकेपछि अर्काे कामु बनाउन उनलाई नै राजीनामा गराउनुपर्ने हुन्छ । बरु आफुले राजीनामा दिने तर गुणाकरको राजीनामा स्वीकृत नगर्ने अडानमा छिन्  ढुंगाना ।

यही बीच सरकारले निलमलाई नै दवाव बढाएर राजीनामा गराउन लगाई अर्का डेपुटी गभर्नर बम बहादुर मिश्रलाई कार्यवाहक गर्भनर बनाएर गुणाकरको राजीनामा स्वीकृत गराउने अर्काे बाटो पनि छ । तर त्यो बाटोमा पनि तत्काल सरकारलाई अप्ठ्यारो छ । 

अर्का डेपुटी गभर्नर बम बहादुर मिश्र पनि फोर्स लिभमा बसिदिएका मात्रै छैनन, उनी अमेरिका उडेका छन् । निलमले गुणाकरको राजीनामा स्वीकृत नगर्ने बरु आफै राजीनामा दिने बताएपछि सरकार थप अप्ठ्यारोमा परेको छ । सरकारलाई टेको लगाईरहेको कांग्रेस सभापति शेरवहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बुधबारसम्म गुणाकर भटटको राजीनामा स्वीकृत गराउने र आजको क्याबिनेट बैठक बस्नु अगाडी सिफारिस समितिको बैठक राखेर नाम सिफारिस गर्न लगाई मन्त्रिपरिषद्बबाट निर्णय लिने समझदारी थियो ।

देउवालाई ओलीले दिएको डेटलाइन पार भएपनि गर्भनरका विषयमा गाँठो फुक्न सकेन । 

सरकारले चाहेमा निलमलाई कामुबाट हटाएर मिश्रलाई कामु बनाएर पनि गुणाकरको राजीनामा स्वीकृत गराउन सक्छ । तर मिश्र पनि फोर्स लिभमा बिदा बसेर अमेरिका उडेपछि गर्भनर नियुक्ति प्रक्रिया केही समय अझै लम्बिने देखिएको छ । 

बजेट निर्माणको मुखमा सरकारले गर्भनर नियुक्त गर्न नसक्दा आलोचना भईरहेको छ । मिश्र विदामा बसेर अमेरिका उडेपछि कामु गर्भनर निलमले भने आफनो मुभ बढाएकी छिन् । उनले नेपाल वित्तीय संस्था कर्मचारी संघका पदाधिकारीसँग भेटमा आफुले गुणाकरको राजीनामा स्वीकृत नगर्ने प्रष्ट अडान राखेकी छिन् ।

उनको यस्तो अडानले उनी आफ्नै प्रतिस्पर्धीलाई सहज बाटो खोलिदिने पक्षमा नरहेको देखिएको छ । यसले सरकारलाई नै अप्ठ्यारोमा पारेको छ ।

कांग्रेस नेताहरुले झापा घर भएकी निलमलाई प्रधानमन्त्री ओलीले नै कतै ब्याकफोर्स गरिरहेको त होइन भन्ने आशंका गर्न थालेका छन् । सार्वजनिक मन्तब्यका क्रममा कांग्रेस सभापति देउवाले ओलीमा होइन, राष्टबैंकका केही समयस्याका कारण गर्भनर नियुक्ति हुन नसकेको बताएपनि  कांग्रेस नेताहरुसँग ओलीले नै यस्तो खेल खेलिरहेको हो की भन्ने आशंका ब्यक्त गरेको कांग्रेस स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस