मस्को । युक्रेनले लगातार ड्रोन आक्रमण ग रुसले बताएको छ । आक्रमणका कारण सुरक्षा सुनिश्चित गर्न घण्टौँसम्म राजधानीका प्रमुख विमानस्थल बन्द गर्नुपरेको समाचारमा उल्लेख छ । यद्यपि हाल सबै खोलिएको रुसको उड्डयन नियामक रोसाभियात्सियाले टेलिग्राममा भनेको छ ।
फरक फरक दिशाबाट आएका कम्तीमा पन १९ वटा युक्रेनी ड्रोनलाई सहरमा पुग्नुअघि नै ध्वस्त पारिएको सामाजिक सञ्जालमार्फत मस्कोका मेयर सेगेई सोब्यानिनले बताएका छन् ।
यसरी खसालिएका ड्रोनहरूमध्ये केही सडकमा झरेको तर यसका कारण हताहत चाहिँ नभएको मेयरले बताए । यो खबरमा अहिलेसम्म युक्रेनले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
तर खार्किभका मेयरले चाहिँ रुसले गएको राति ड्रोन आक्रमण गरेको बताएका थिए । रुसको ड्रोन आक्रमणमा एक जना मारिएको युक्रेनको ओदेसा क्षेत्रका गभर्नरले बताएका छन् । रातभरमा आफ्ना सेनाले कुल २६ वटा युक्रेनी ड्रोन ध्वस्त पारेको रुसको रक्षा मन्त्रालयले भनेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप
युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन
युक्रेनलाई सुरक्षाको ग्यारेन्टी दिन अमेरिका तयार
युक्रेनमा रुसको भीषण हमला
युक्रेनद्वारा कालोसागरमा रुसका दुई ट्यांकरमाथि ड्रोन प्रहार
रुसद्वारा युक्रेनमा सयौँ मिसाइल र ड्रोन प्रहार, ५ जनाको मृत्यु