काठमाडौं । नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तिको सकसमा परेको सत्तारुढ दलले अझै यस विषयमा छिनोफानो लगाउन सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओली र उनको नेतृत्वको सरकारलाई टेको लगाईरहेका कांग्रेस सभापति शेरबहादुर देउवाका बीचमा कुरा मिल्न नसक्दा गर्भनर नियुक्ति प्रक्रिया अल्झेको अल्झयै छ ।
नियम कानुन र प्रावधान फलो गर्ने र हेर्ने हो भने गर्भनरको पदावधी सकिनु एक महिना अगाडी नै नयाँ गर्भनर नियुक्तिको काम भईसक्नुपर्ने हो । तर यहाँ गर्भनरको पदावधी सकिएको एक महिना बित्दासम्म नयाँ गर्भनर नियुक्तिको सफारिससम्म हुन सकेको छैन । सिफारिस समितिलाई नाम मात्रको बनाईएको छ । मुख्य निर्णयकर्ता देउवा र ओली बन्न खोज्दा समस्या निम्तिरहेको छ ।
गर्भनरकै विषयमा शनिबार यता लगातार तीन दिन प्रधानमन्त्री केपी शर्मा ओली र काग्रेस सभापति शेरबहादुर देउवाका बीचमा छलफल भईरहेको छ । ओलीले कांग्रेस सभापति देउवा र देउवा पत्नी समेत रहेकी परराष्टमन्त्री डा. आरजु राणा देउवाकै बीचमा गर्भनरका विषयमा एकमत नरहेको देखिएको भन्दै गर्भनर नियुक्ति ढिलाई भएको आफु निकट नेताहरुलाई प्रष्टिकरण दिईरहेका छन् ।
देउवाले डा. गुणाकर भट्टलाई गर्भनर बनाउन चाहेका छन् । ओलीले भने अहिलेकी कायममुकायम गर्भनर नीलम ढुंगानालाई बनाउन चाहेका थिए । तर सत्ता गठबन्धन टिकाउन परेका कारण ओली देउवाको इच्छा पूरा गर्नुपर्ने दवावमा छन् ।
देउवाले डा. गुणाकर भट्टलाई गर्भनर बनाउन चाहेका छन् । ओलीले भने अहिलेकी कायममुकायम गर्भनर नीलम ढुंगानालाई बनाउन चाहेका थिए । तर सत्ता गठबन्धन टिकाउन परेका कारण ओली देउवाको इच्छा पूरा गर्नुपर्ने दवावमा छन् ।
ओलीसँग देउवाले आफु बैंकक जानु अगाडी नै बैशाख २ मा गुणाकर भट्टलाई गर्भनर बनाउन सहमति जनाएको बताएका छन् । तर ओलीले कांग्रेसभित्रै असमझदारी रहेको जस्ता कारण देखाएर नीलमलाई बनाउन भित्री कसरत नगरेका होइनन ।
उनले देउवा दम्पती बिचमा मत नमिलेको भन्दै खेल्न खोजेका थिए । त्यही विषयमा उनले देउवा दम्पतीलाई सँगै राखेर कांग्रेसभित्र एकमत हो ⁄होइन ? भनी प्रश्न समेत गरेका थिए । देउवाले कांग्रेसमा कुनै असमझदारी नरहेको र एकमत रहेको बताएपछि ओलीसङ्ग देउवाले अब कहिले नियुक्त हुन्छन् गर्भनर भनेर डेटलाइन मागेका थिए ।
आइतबारको छलफलको जवाफमा ओलीले बुधबार गुणाकरको राष्ट्र बैंकको कार्यकारी निर्देशक पदको राजीनामा स्वीकृत हुने र बिहिबारको मन्त्रीपरिषद्को बैठकबाट नियुक्ति हुने जवाफ देउवालाई दिएका थिए ।
डा. गुणाकर भट्ट अहिले राष्ट्र बैंकका कार्यकारी निर्देशक छन् । उनले गर्भनर पाउने भएपछि उक्त पदबाट राजीनामा दिएका छन् । तर उनको राजीनामा स्वीकृत भएको छैन । उनको राजीनामा स्वीकृत नहुँदै राष्ट्र बैंकको गर्भनरमा सिफारिस हुन उनलाई कानुनतः मिल्दैन । उनको राजीनामा स्वीकृत अहिले गर्भनरकै रेसमा रहेकी नीलम ढुंगानाको हातमा छ । नीलमले राजीनामा स्वीकृत गरिदिएमात्र गुणाकरलाई गर्भनर बन्न बाटो खुल्ने छ ।
तर आफुसँगै गर्भनरको दौडमा रहेका गुणाकरको राजीनामा नीलमले अड्काएर राखेकी छिन् । ओली र देउवाका बीचमा नीलमलाई कुनै आर्कषक अन्य जिम्मेवारी दिने र गुणाकरको राजीनामा स्वीकृत गराएर गर्भनर बनाउने सहमति छ । त्यस विषयमा नीलमसँग अर्थमन्त्री विष्णु पौडेलले एक चरण छलफल समेत गरिसकेका छन् । नीलमले अर्थमन्त्रीको त्यस्तो प्रस्तावमा मुख खोलेकी त छैन, तर गुणाकरको राजीनामा स्वीकृत गराईदिन उनीमाथी प्रधानमन्त्री, अर्थमन्त्री देखि एमाले नेताहरुसम्मको दबाब छ ।
ओलीकै गृहजिल्ला झापाकी नीलमले देउवालाई दिएको डेटलाइन अनुसार आज गुणाकरको राजीनामा स्वीकृत गर्लिन् या नगर्लिन् ? प्रतिक्षाको विषय छ ।
देउवा र ओलीका बीचमा भने आज नीलमबाट डा. गुणाकर भट्टको राजीनामा स्वीकृत गराउने, त्यसपछि गर्भनर नियुक्तिको सिफारिस गर्न बनेको सिफारिस समितिको बैठक बस्ने र समितिमार्फत गुणाकरको नाम सिफारिस गर्न लगाउने रोडम्याप बनेको छ । त्यसरी नाम सिफारिस भएपछि भोलि बिहिबार बस्ने मन्त्रिपरिषद्को बैठकले गर्भनर नियुक्ति गर्ने देउवा र ओलीको बीचमा सहमति छ
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गर्भनर नियुक्तिमा ‘गोटी–चाल’ : ओली–देउवा बिच सत्ताको जुहारी, राष्ट्र बैंक अनाथ
गर्भनरमा नयाँ ट्विस्ट: विश्व पौडेल बन्ने भए अब गर्भनर
गर्भनर नियुक्तिमा गाँठो फुक्न सकेन, देउवालाई ओलीले दिएको डेटलाइन पनि पार
गुणाकर भट्टलाई गर्भनर बनाउन निलमलाई अन्यत्रै आर्कषक अफर
दीपक भट्टले सरकार ढालिदिन्छु भनेपछि.....
बहालवाला कर्मचारीदेखि बैंकरसम्म 'गर्भनर'को दौडमा