रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट

सफल खबर संवाददाता

सोमबार, २२ बैशाख २०८२, १३ : २३
रौतहटको सुधार केन्द्रमा एक व्यक्तिमाथि निर्घात कुटपिट

काठमाडौँ। रौतहटको गौर नगरपालिका–४ मा रहेको राइजिङ नेपाल सुधार केन्द्रमा एक व्यक्तिमाथि अमानवीय तरिकाले निर्घात कुटपिट भएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडिओमा एक व्यक्तिमाथि निर्घात कुटपिट भएको देखिन्छ । ती व्यक्तिको पैतलामा सेतो पाइप जस्तो देखिने वस्तुले कुटपिट भएको भिडिओमा देखिन्छ ।

तीन जनाले एक व्यक्तिलाई लडाएर समाउँछन् भने अर्का एक व्यक्तिले पैतलामा लट्ठीले कुटपिट गरेको देखिन्छ । ४१ सेकेन्ड लामो भिडिओमा कुटपिटबाट व्यक्ति कराएको आवाज नसुनिओस् भन्ने हिसाबले पृष्ठभूमिमा संगीत बजाएको बजाएको सुनिन्छ ।

उक्त भिडिओ गौरमा एक व्यक्तिले सञ्चालन गरेको सुधार केन्द्र रहेको खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । प्रहरीका अनुसार यसका सञ्चालकलाई समेत बोलाएर अनुसन्धान सुरु गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस